काठमाण्डौ,१७ फागुन । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आजदेखिसुरु हुँदैछ । पर्सिदेखि सुरु हुने भनिएको प्रतियोगिता खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै सुरु गर्न लागिएको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । काठमाडौंमा सुरु हुन लागेको प्रतियोगितको औपचारिक उद्घाटन भने पर्सि मात्रै गरिने अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । १ सय ७३ जना खेलाडीको सहभागिता रहने प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगिताका हरेक तौल समूहका विजेताले नगद १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार र तेस्रो हुने दुई जना खेलाडीले जनही ४ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here