रुपेन्द्र पटेल
बृन्दावन, १७ फागुन ।
पछिल्लो समय रौतहटको वनमा तस्करी बढी रहेको बेला बृन्दानव सव डिभिजन बन कार्यालय बलरीले ठुलो सफलता हात परेको छ । सो डिभिजन वन कार्यालयले २ दिनमा १ साईकलसहित ३७.३२ क्युफिट सालको काठ बरामद गरेको हो । आईतबार राती करिब साढे ११ बजेको समयमा तस्करले काठ तस्करी गरी लैजान लागेको अवस्थामा गस्तीमा गएका वन कर्मचारीहरुले साईकलसहित ११.५६ क्युफिटका एक थान गुलिया बरामद गरेको छ भने तस्कर फरार हुन सफल भएको हो । सो लगत्तै सोही वन कार्यालयले सोमबार विहान करिब ४ बजेको समयमा विशेष सुचनाको अधारमा चन्द्रपुर वडा नं—१० बलुवा गाउँबाट करिब २५.७५ क्युफिटका ३ थान सालको गुलिया बरामद गरेको बृन्दावन सव डिभिजन वन कार्यालयका जमदार ममताज अहम्दले जानकारी दिएका छन् । बलरी जंगलबाट काठ तस्करी गरी लैजाने क्रममा सुचना अएपछि सो वन कार्यालयका जमदार ममताज अहम्दको कमाण्डमा गएका टोलिले तस्करलाई पछयाउदै जाँदा वलुवा गाउँमा तस्करले साईकलमा लोड गरेर लैजादै गरेको काठ झाडेर साईकल सहित फरार हुन सफल भएको जमदार अहम्दले तराई एक्सप्रेसलाई बताए । तस्करले काठ झाडेर फरार भएपछि उक्त काठ डिभिजन वन कार्यालय रौतहटमा बुझाईएको छ । केही दिन यता बलरी वनमा तस्करीको घटना बढदै गएको हुदा वन कर्मचारीले निगरानी बढाएपछि तस्करलाई यतिबेला हजुरआमाको याद आउन थालेको छ । बलरीको वन बाट तस्करले साईकलको सरुप परिवर्तन गरी तस्करी गर्दै आएको छ । तर सव डिभिजन वन कार्यालयमा जमदार ममताज अहम्द अएपछि तस्करको कुनै मिसन सफल हुन न सकेको जमदार अहम्दले दावी गरेका छन् । जमदार अहम्द अएको करिब ३ महिनाको अवधिमा ८ जना मानिस र डेढ दर्जनभन्दा बढी बिभिनन् सवारी पक्राउ गरी कार्वाहीको लगी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here