चन्द्रपुर,१७ फागुन ।
पछिल्लो समय रौतहटमा चार चक्के गाडी र ६ चक्के ट्रेक्टरमा रौतहटको वनबाट काठ चोरी तस्करी बढेको छ । चिरान काठ सहित पिकप भ्यान बरामद गरेको एक हप्ता नबित्दै फेरी काठ लोड ट्रेक्टर बरामद भएको छ ।
एक साता पहिला जिल्लाको बागमती क्षेत्रबाट चिरान काठ सहित एउटा पिकप भ्यान बरामद भएको एक साता पछि जंगलसहियाबाट काचा सालको काठ लोड भएको ट्रेक्टर बरामद भएको हो । रौतहटको गुजरा नगरपालिकाबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउ“ नजिकैको धन्सार खोलामा ना ५ त ५२ ४५ नम्बरको ट्रयाक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन वन कार्यालय जंगलसैयाका प्रमुख विमल ठाकुरले बताए । काठ तस्करी हुदै गरेको विशेष सूचनाका आधारमा जंगलसैयाबाट वन सुरक्षा टोली खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् । काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसैयामा पठाइएको। डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए ।
गत फागुन ८ गते राती रौतहटको नुनथर क्षेत्रबाट सालको चिरान गरिएको काठ र गाडी बरामद भएको थियो । राती १२.३० बजेको समयमा पौराइ सब–डिभिजन वन कार्यालय अन्तर्गतको नुनथर क्षेत्रबाट अबैध रुपमा बा.१६ च २२३३ नम्बरको बलेरो पिक अपमा सालको ४६ थान ,करिब ५३.८२ क्यु.फिट काठ बरामद भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको थियो । टोलिले गाडी र काठ नियन्त्रणमा लिनको लागि चार राउण्ड गोलि हवाइ फायर समेत गरेको थियो । नुनथर क्षेत्रबाट सो भन्दा पहिला समेत त्यस्तै गाडीमा काठ लोड गरेर लान लागेको अवस्थामा बरामद भएको थियो ।
डिभिजन वन कार्यलय रौतहटले काठ चोरी तस्करी नियन्त्रणका लागि गस्ति बढाएको बताएपनि वनमा रुख काटिने क्रम रोकिन सकेको छैन् । वनमा काचा काठ काटेर गाडीमा लोड गरेर लाने बेलामा काठ नियनत्रणमा आउनुले शंका उब्जाएको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारीकै मिलेमतोमा काचा सालका रुख काटिने र पछि लाने बेलामा कसैले सुराकी दिएपछि वनले काठ नियन्त्रणमा लिने गरेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । काचा रुख काटिएर लाने बेलामा बरामद गर्नु भन्दा पहिला रुख काटन नदिनका लागि वन कर्मचारीले चासो दिनुपर्ने गुजराका स्थानीय बासिन्दा रामप्रसाद चौधरीले बताए । २०७७ फागुन १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here