चन्द्रपुर,१८ फागुन । नेपाल विद्युत प्राधिकरणको चरम लापारवाहीका कारण स्थानीय त्रसित बनेकाछन् ।
घर नजिकै रहेको एघार हजार भोल्टेजको पोल र तार नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरले सार्न नमान्दा स्थानीय जोखिममा परेका हुन् ।
तीन वटा पोल र बिस्तारित तारले बस्तिका सात घरधुरी प्रभाबित बनेका छन । पोल र तार नसार्दा स्थानीयलाई घर बनाउन समेत समस्या भएको छ ।
स्थानीयले बिजुलीको पोल र तार खुल्ला स्थानमा सार्न गरेको आग्रह लाई नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख रामअयोधि यादबले अटेर गरेपछि स्थानीय भने दुर्घटनाको खतरामा परेका छन । कसैको घरको छत त कसैको घरको बार्दलीमै सटेर एघार हजार भोल्टेजको तार बिस्तार भएको छ ।
उच्च भोल्टेज प्रबाह भएको खण्डमा घरहरुमा असर पर्न सक्नेमा उनीहरु चिन्तित रहेका छन । यसले कुनै पनि बेला क्षती पु¥याउन सक्ने भएपनि नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख यादबले बिभिन्न बहाना बनाउदै पन्छिने गरेको रौतहट क्षेत्रनं ४ का सासद देव प्रसाद तिमलसिनाले तराई एक्सप्रेसलाई बताए ।
स्थानीय माधब भट्टराई भन्छन ज्यान जोखिममा पर्दा समेत नेपाल बिधुत प्राधिकरणको बेवास्ताले आफुहरु दुखि भएको गुनासो गरे । सो स्थानको एउटा पोल एक बर्ष अघि नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका तीनै प्रमुख रामअयोधि यादबले नीयम अनुसार सारिदिएका थिए तर अहिले आएर उनले कानुनी प्रक्रिया झन्झटिलो रहेको भन्दै पोल र्सान नमानेको भट्टराईको भनाइ रहेको छ ।
अर्का स्थानीय सन्तोष कार्की भन्छन बिजुलीको करेन्ट प्रबाह बाट जोगिन बिजुलीको पोल र तार खुल्ला स्थानमा सार्नको लागि जति खर्च लाग्छ त्यो हामीले ब्यहोरिदिन्छौ भन्दा पनि नेपाल बिधुत प्राधिकरणका प्रमुखले बहानाबाजी गरेर सार्न नमानेको गुनासो गरे । प्राधिकरणका प्रमुखको रबैया हेर्दा बरु मानिसको ज्यान जावोस भन्ने देखिएको कार्कीको भनाई रहेको छ । निबेदन बोकेर कयौ पटक प्राधिकरण प्रमुखका पुग्दा समेत कुनै सुनवाई नभएको पीडित स्थानीयको भनाई रहेको छ । नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख रामअयोधी राय यादबले भने बिस्तार भैसकेको पोल र तार सार्न कानुनी प्रक्रिया झन्झटिलो रहेको बताए । उनले नया कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्य बाट स्पष्ट निर्देशन भएकाले आफुले केही गर्न नसक्ने तराई एक्सप्रेसलाइ बताए । २०७७ फागुन १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here