रौतहट, १९ फागुन । पत्रकारलाई लक्ष्यित गरी चन्द्रपुर हस्पिटलले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । चन्द्रपुरका सक्रिय पत्रकारहरुको बुधबार बिहान सो हस्पिटलल निःशुल्क स्वास्थ जाच गरिएको हो । रौतहटमा हुदै आएको विकासात्मक कार्यहरु , भ्रष्टचार , चेतना मुलक समाचारतथा समाजमा हुने विभिन्न घटनाको सत्यतथ्य उजागर गर्दै आइरहेकाले स्वास्थ्यका खरावी हुन सक्ने भन्दै आफुले सञ्चारकर्मीहरुको स्वास्थ्य जा“च गराएको चन्द्रपुर हस्पिटल प्रालिका प्रमुख डा.सुभाष चौधरीले बताएका छन् । चन्द्रपुरमा रहेका विभिन्न सञ्चार गृहमा आबद्ध दर्जन भन्दा बढी सञ्चारकर्मीहरुको स्वास्थ्य जाच गरिएको अस्पतालले जनाएको छ । चन्द्रपुरमा रहेको तराई एक्सप्रेस दैनिक, हाइवे न्युज दैनिक, जन सरोकार दैनिक, गुञ्जन एफएम, रेडियो सुप्रिम लगायत विभिन्न राष्ट्रिय सञ्चार गृहका पत्रकारहरुको रगत,छातीको एक्सरे,रक्तचाप र इसिजी गरिएको डा.चौधरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here