समनपुर, १९ फागुण । कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लाग्ने बताएका छन् । सभापति देउवाले देशको वर्तमान राजनितिक अवस्था हेरेर आफु चिन्तित रहेको र आउ“दा दिनमा अब सत्यलाई मात्र साथ दिने बताए । रौतहटको गढीमाई नगरपालिका ६ सिंगारमन धर्मपुरमा बुधवार श्री विष्णु महायज्ञको उद्धघाटन गर्न आएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताएका छन् । यज्ञको उद्धघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै देउवाले यस्तो बताए । कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफुहरुले साथ दिने सभापति देउवाले बताएका छन् । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार रहेको उनले बताए । एक अर्को प्रसंगमा बोल्नुहुदै सभापति देउवाले रौतहटबाट सांसदमा निर्वाचित भएर जेलमा रहेका पार्टीका नेता महम्मद अफताव आलमलाई रिहा गर्न आफु लागेको बताएका छन् ।