गौर,२० फागुन । रौतहट राजदेवीबाट अबैध लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी चौकी लक्ष्मिपुर बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा लागु औषध , साइकलसहित २ जना प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भारत विहार राज्य सितामढी जिल्ला वैरगनीया भकुरहर वस्ने वर्ष १८ को निखिल कुमार श्रीवास्तव र सोही स्थान वस्ने वर्ष १८ को श्याम कुमार यादवलाई एउटै साईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा निजहरुले वोकेको झोला चेकजा“च गदा झोलामा नुफिन २ को १८० पिस, डाईजेलेप २ एमएलकोे १२० पिस, २ एमएलको फेनरागन १८० पिस, र डाईजेपाम–६० पिस गरी जम्मा–५४० पिस, सहित उनीहरुलाई पक्राउ गरि साईकल समेत जिल्ला प्रहरी कार्यालय रौतहटमा दाखिला गरेको हुँदा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।