चन्द्रपुर,२१ फागुन । चन्द्रपुरमा तेश्रो बाल निकेतन कप फुटवल प्रतियोगिता २०७७ हुने भएको छ । साथी शिक्षा सहकारी संस्था लिमिटेडद्धारा संञ्चालित बाल निकेतन माविले फुटबल प्रतियोगिता गर्न लागेको हो । यहि फागुन २४ गते देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । विहिबार विहान विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा साथी शिक्षा सहकारी संस्था लिमिटेडका सचिव बालकृष्ण श्रेष्ठले ५ जिल्लाका ८ वटा विद्यालयको सहभागिता रहने बताए । बाल निकेतन माध्यमिक विद्यालय चन्द्रपुर, नेपाल प्रहरी स्कुल बिर्ता, बारा एकेडेमी पिलुवा, न्यु एलाईट स्कुल कमैया सर्लाही, सनसाईन ईगलिस बोडिङ स्कुल बर्दिवास महतोरी, नमुना नमोदय विद्यालय सर्लाही, मुनलाईट एकेडेमी बिरगंज पर्सा र ब्राईट लाईन स्कुल कलैया बाराको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिता चन्द्रपुर ६ स्थित स्वर्गिय शेर वहादुर दर्लामी स्मृति खेल मैदानमा हुने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितियलाई १५ हजार नगद सहित शिल्ड,ट्रफि, मेडल तथा प्रमाण पत्र दिईने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचमा एक हजार नगद सहित ट्रफि प्रदान गरिने संस्थाका सचिव श्रेष्ठले जानकारी दिए । प्रत्येक उत्कृष्ट ८ विधामा जनही दुई हजार पाँच सय सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने प्रतियोगिता भरिको सवैभन्दा उत्कृष्ट खेलाडीलाई पाच हजार नगद सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने अयोजकले जनाएको छ ।
कार्यक्रममा साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक रेग्मीले विगतको बर्षमा पनि बाल निकेतन विद्यालयले फुटवल प्रतियोगिता गर्दै आएको उल्लेख गर्दै यस बर्ष पनि निरन्तरता दिईएको बताए । विद्यार्थीको खेलप्रतिको रुची र आर्कषण बढ्दै गएकाले विद्यालयकै आयोजनामा प्रतियोगिता हुन लागेको बताउनुभयाmे ।सो कार्यक्रममा रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले प्रतियोगिताभर आवश्यक समन्वय गर्न तयार रहेको बताए । २०७७ फागुन २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।