‘काठमाण्डौ,२१ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब एक सय ७० जना विप्लव समूहका कार्यकर्तालाई आजसम्म छाड्न सर्कुलर जारी गरिएको सीआईएनलाई जानकारी दिनुभयो । मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई पनि आजै रिहा गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताउनुभयो ।