सन्तपुर,२१ फागुन । चन्द्रनिगाहपुर गौर सडक खण्डको सन्तपुरमा सडक भत्केका कारण सवारी दुर्घटनाको बढदै जान थालेको छ । ठेकेदार र सडक बिभागको चरम लापारवाहीका कारण सो स्थानमा सडक बनेको केही दिन नबित्दै भत्केको स्थानीयले बताएकाछन् ।
सुबलाल भागवत माध्यमिक विद्यालय अगाडी सडकको पिच भत्केपछि सो स्थानमा दैनिक सवारी दुर्घटना हुने गरेको स्थानीय बासिन्दा चित्र तिमलसिनाले तराई एक्सप्रेसलाई जानकारी दिए ।
सडक बिभागको लापारवाही र ठेकेदार कंम्पनी साह कन्ट्रक्सनको गुणस्तरहिन कामका कारण सो स्थानमो पिच बन्न नपाउदै भत्कियको स्थानीयले जानकारी दिएका छन् ।
सडक भत्केका कारण सो स्थानमा सवारी दुर्घटना मात्र नभएर ठुलोले बस्नै नसक्ने अवस्था आएको अर्का स्थानीय बासिन्दा विकास दहालको भनाइ रहेको छ ।
पिच सडकको दुबै तिर सडक भत्केकाले सो स्थानमा दिनकै साईकल र मोटर साईकल दुर्घटना हुने गरेको स्थानीयले तराई एक्सप्रेसलाई बताए ।
सो स्थानको सडक र खाल्डा पुर्नका लागि सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई पटक पटक आग्रह गर्दा समेत वास्ता नगरेको स्थानीय होमनाथ चौलागांइको भनाइ रहेको छ ।
साह कन्ट्रक्सनकाले चन्द्रनिगाहपुर गौर सडक खण्ड पुन मर्मतको ठेक्का पाएको भएपनि उस्ले गुणस्तरहिन काम गरेको स्थानीयले गुनासो गरेकाछन् ।
सो स्थानको सडक तत्काल मर्मत नगरे उक्त स्थानमा कुनै दिन ठुलो दुर्घटना हुने भन्दै स्थानीयले तत्कल सडक मर्मतका लागि सम्बन्धीत निकायसंग माग गरेकाछन् । २०७७ फागुन २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।