समनपुर,२१ फागुन । सर्लाही र रौतहट जोडने बागमती नदिमा पुल निर्माण लसुरु भएको आठ बर्षमा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन् । समयमा पुल नबनेका कारण स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।
रौतहटको समनपुर र सर्लाहीको हजरिया जोड्ने वागमती नदीमा निर्माण कार्य सुरु भएको ८ बर्ष वितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नु परेको हो ।
पुर्व पश्चिम राजमार्ग बाहेक ४२ किलोमिटर दक्षिण नेपाली सिमा सम्म बागमती नदीमा पुल नहुदा स्थानीय सास्ती खेप्न बाध्य छन् । २०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्ट्रम्सन काठमाण्डौ जेभीले ६०० मिटर लम्बाई भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो ।
तत्कालिन भौतिक योजना मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेको पुलको निर्माण कार्य अझै सम्पन्न हुने छांटकाट छैन् ।
एलाईट कन्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता मिति देखि ३६ महिनामा पुलको निर्माण कार्य पुरा गर्ने लिखित सम्झौता गरेका थियो । तर सम्झौता भएको ८ बर्ष वितिसक्दा पनि पुलको निर्माण कार्य पुरा नहुदा त्यस भेगका स्थानीले समस्या झेल्नु परेको गढीमाई नगरपालिकाका राम पुकार यादवले तराई एक्सप्रेसलाई बताए ।
निर्माण कम्पनीले कहिले मधेश आन्दोलन, कहिले बाढी र कोरोना लगायत विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समय भन्दा ५ बर्ष ढिलाई गरेको । अझै निर्माण पुरा गर्न २ बर्ष लाग्ने सम्भावना रहेको समनपुरका बासिन्दा जब्बार मियाले बताए । चार पटक म्याद थप भईसकेको हुदा अन्तिम पटक २०७८ असार मसान्त सम्म मात्रै म्याद रहेको बताउदै मियाले कछुवा गतिमा भईरहेको निर्माणको अवस्था हेर्दा अझै पुल बन्न दुई बर्ष सम्म लाग्ने उनले तराई एक्सप्रेसलाइ बताए ।
पुल योजना पूर्वी क्षेत्र नम्वर १ का योजना प्रमुख कैलाश देवले समनपुर पुलको सन्दर्भमा पटक÷पटक निर्माण कार्य पुरा गर्न लिखित रुपमा ताकेता गरिएको, विभिन्न समयमा म्याद थप गर्नुपर्ने अवस्था सृजना भएले कालो सुचीमा राख्ने चेतावनी दिदै २०७८ असार मसान्त सम्म निर्माण कार्य पुरा गर्न अन्तिम पटक म्याद थप गरिएको तराई एक्सप्रेसलाइ बताए । गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले पकट पटकको म्याद थपीदिनाले निर्माण व्यवसायी को मनोमानी बढेको तराई एक्सप्रेससंग गुनासो गरे । सो बिषयमा एलाईट कन्ट्रक्सनको प्रोपराइटर सुरेन्द्र पौडेल संग ९८५१०२१८१७ मा सम्पर्क गर्दा मोवाइलको स्वीच अफ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here