चन्द्रपुर, २४ फागुन । पछिल्लो समय रौतहट ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । रौतहटको विभिन्न स्थानमा चेक पोष्ट राखेर ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण पनि दिने गरेको छ । जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ ईद्रिसगेटमा ट्राफिक प्रहरी कार्यालय गौर रौतहटको प्रनानि मनोज न्यौपानेले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको । त्यस्तै जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरीयामा अस्थायी ट्राफिक प्रहरी पोष्ट डुमरीयाको प्रसनि प्रभु नारायण चौधरीले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी चालक संग कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक शैलेश न्यौपानेले जानकारी गराउनु भएको हो ।