जनकपुर, २४ फागुन । जनकपुरकी एसिड पीडित आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा साहलाई सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका छन् । आरती साहामाथि उनकै श्रीमानले लक्ष्मी पूजाको दिन माइतीमै गएर एसिड प्रहार गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर श्रीमानले एसिड प्रहार गरेका थिए ।प्रहरीले एसिड प्रहार गर्ने आरतीकी श्रीमान् र एसिड व्यापारीलाई पक्राउ गरेका गरिसकेका छन् । अहिले उक्त मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ ।