अशोक पहाडी
रौतहट,२५ फागुन ।
बाराको निजगढमा एक युवाको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका ९ घर भएका १९ बर्षका रोहित शर्माको सोमबार राती आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वाडनं ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० बर्षका अरुण कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मृतक शर्माको हत्या गरेर उनको घरबाट साह मंगलबार बिहान साडे चार बजेको समयमा मोटर साईकलमा निस्केको सिसि टिभि पुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो । हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्विकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
जिल्ला प्रहरी कार्यलय बाराका डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु ,रगतले ओतपोत भएको कपडा र मोटर साईकल सहित साहलाई पक्राउ गरिएको हो । हत्या कुन बिषयमा भएको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका डिएसपी गौतम मिश्रले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here