रौतहट,२५ फागुन । सर्वोच्च अदालतको फैसला पछि रौतहटमा नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यलयमा दिपावली गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा रहेको नेकपा एमालेको पार्टी कार्यलयमा पार्टीको बोर्ड राख्नुका साथै उनीहरुले पार्टी कार्यलय र चन्द्रनिगाहपुर स्थित चौकमा दिपावली गरेका थिय । नेकपा एमाले रौतहटको जिल्लाको गौर ,गरुडा र चन्द्रनिगाहपुरमा पार्टी कार्यलय रहेको छ । चन्द्रनिगाहपुर स्थित पार्टी कार्यलयमा रहेको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड लगाइएको एमाले नेता तुलसी गिरीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । जिल्लाको गौर र गरुडामा रहेका पार्टी कार्यलयको बोर्ड फेर्ने तयारीमा आफुहरु रहेको गिरीले जानकारी दिएकाछन् ।