अशोक पहाडी
रौतहट,१५ फागुन ।
रौतहटको वनबाट अव गाडीमै काठ तस्करी बढेको छ । एक महिनाको भित्रमा काठ लोड तीन वटा गाडीनै वनको नियन्त्रणमा आएपछि काठ तस्करीमा चारचक्के गाडीकै प्रयोग बढेको देखिएको हो ।
मंगलबार बिहान रौतहटको कटहरिया बाट गाडिसहित सालको गओलिया बरामद भएको छ । जंगसहिया साझेदारी वनबाट साल जातको रुख काटी टुक्रापारी ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरि धनसार जंगलसहिया सडक खण्ड हुदै गाउ तर्फ लगिरहेको अबस्थामा वन गस्ति टोलीले बरामद गरेको हो । ५.३९ क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका निमित्त डिभिजनल वन अधिकृत अमरदेव प्रसाद यादबको नेतृवमा गएको गस्ती टोलिले कटहरिया नगरपालिका वडा न.४ बस्ने गाडीका चालक मेतु दासलाई समेत पक्राउ गरेको र गाडी,काठ र मानिसलाइ आवश्यक कारवाहिको लागि अनुसन्धानको क्रममा डिभिजन वन कार्यालयमा राखिएको वन कार्यालयले तराई एक्सप्रेसलाई जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here