काठमाण्डौं,२६ फागुन । माओवादीले केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरिरहेका बेला सत्तारूढ दल एमालेले जनता समाजवादी पार्टीसंग सत्ता साझेदारीका लागि हात बढाएको छ । प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटपछि सत्ता साझेदारीका लागि गृहकार्य गर्न पा“च सदस्यीय कार्यदल गठन भएको मंगलबार खुलेको हो । कार्यदलमा जसपाका तर्फबाट सर्वेन्द्र नाथ शुक्ला र लक्षमणलाल कर्ण, एमालेका तर्फबाट संदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई रहेका छन् । जसपाको संसदीय दलको बैठकमा अध्यक्ष ठाकुरले ठाकुरले त्यसको जानकारी गराएका हुन् । उनले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी नदिई कार्यादल बनाएपछि जसपामा विवाद देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here