चन्द्रपुर,२७ फागुन । रौतहटको गुजरा नगरपालिका मेयर सन्तलाल चौधरीले नगरमा राम्रा संचारकर्मीको खाचो रहेको बताएका छन् । गुजगरा नगरपालिकाको आर्थिक सहयोग तथा पोष्टम्यान मल्टी प्रपोज कम्पनीको आयोजनामा बुधबारबाट सुरु भएको नगरभरीको पत्रकारिता तालिमको उद्धघाटन गर्दे चौधरीले सो कुरा बताएका हुन् । मेयर चौधरीले आफ्ना नगरमा संचारकर्मीको खाचो महसुस भएकाले आफुहरुले यो तालिकाको खाचो देखेर लगानी गरेको बताए । कार्यक्रममा बोल्दै उप प्रमुख रौषना खातुनले यो तालिमबाट उत्पादन भएका पत्रकारले नगरको समग्र विकासका बारेमा कलम चलाउनेमा विस्वास ब्यक्त गरिन् । तालिमको उदघाटन कार्यक्रममा बोल्दै गुजरा नगरपालिकाका निमित्त कार्यकारी प्रमुख बिनोद कुमार जयसवालले आफ्नो नगरले पहिलो पटक यस्तो बिषयमा लगानी गरेकाले त्यसको फलस्वरुप राम्रो पत्रकार गुजरा नगरपालिकाले पाउने अशा ब्यक्त गरे । नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष रमेश तिमलसिना ,जनता समाजवादी पार्टीका नेता शेख बद्रुदिनले तालिमको सफलताको शुभकामना दिएका थिय ।
पोष्टम्यान मल्टी प्रपोज कम्पनीका अध्यक्ष ओम किशोर चौधरीको अध्यक्षतामा भएको तालिममा गुजरा नगरपालिका ४० जना युवा युवतीको सहभागिता रहेको थियो । तालिमको पहिलो र दोस्रो दिन पत्रकार रामकुमार एलनले सहभागिलाई प्रशिक्षण दिएका थिए । तालिम पाच दिन सम्म चल्ने आयोजक पोष्टम्यान मल्टी प्रपोज कम्पनीका अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here