चन्द्रपुर,२७ फागुन । मंगलबार बिहान बाराको निजगढमा चन्द्रनिगाहपुरकै एक युवाको हत्या भयो । हत्यामा संलग्न रहेको रौतहकको चन्द्रपुर नगरपालिका वडानं ४ का मक्करे भन्ने अरुण कुमार साह पक्राउ परे । उनलाई प्रहरीले हत्या गरेर भागेको चार घण्टामै पक्राउ गर्न सफल भएको थियो । मक्करे चढने मोटर साईकल पहिला पनि हत्या भएको घरमा मृतकका दाजुले लाने गरेको आधारमा स्थानीयले प्रहरीलाई जानकारी दिए । मोटर साईकलको खोजीमा हिडेको प्रहरीले हत्या भएको चार घण्टा बित्न नपाउदै हत्यामा सांलग्नलाई पक्राउ ग¥यो । प्रहरीले पक्राउ गर्ना साथ मृतक १७ बर्षका रोहित शर्माले आफुसंग ल्याङल्याङ गरेको र आफुले घा“टी रेटेर हत्या गरेको प्रहरीमा बयान दिए । बारा प्रहरीले मंगलबार सांझ जिल्ला प्रहरी कार्यलय कलैयामा पत्रकार सम्मेलन गरेर रिसिइबिका कारण हत्या गरेको बतायो । मृतक शर्मालाई रौतहटको चन्द्रपुर नगरपालिका वडानं ५ मा चिरान मिल संचालन गरेर बसेका ६० बर्षिय भोगेश्वर शर्माले १७ बर्ष पहिला चन्द्रनिगाहपुर चोकमै शालनाल सहित फेला पारेर आफ्नो घरमा ल्याएर धर्मपुत्रका रुपमा पालेका थिय । भोगेश्वरको बाराको निजगढ ९ मा मेन चोकमा दुई तले घर पनि छ । मृतकका दाजु राजकुमार शर्मा जिल्ला बाहिर काम गर्छन् । उनीकी श्रीमतीको र छोरा छोरीको हेरचाहमा मक्करे मद्धत गर्ने गरेको र राजकुमारकै मोटर साईकल मक्करेले चलाउदै आएको आफ्नै दाजु भाउजुको मिलेमतोमा भाईको हत्या भएको मृतककी दिदी अनिता शार्मले आरोप लगाईन् ।
भोगेश्वर चन्द्रनिगाहपुरमा बेवारीसे बालबालिका ल्याएर पाल्ने दयालु मान्छेका रुपमा परिचत रहेकाछन् । उनको जम्मा दुई छोरा र दुई छोरीमा एक छोरा र एक छोरीलाई धर्मपुत्र र धर्मपुत्रिका रुपमा पाल्दै आएका थिय । मृतक शर्मालाई भोगेश्वरले निजगढको घर जिम्मा लगाएका थिय । उनी निजगढमै बस्ने त्यही पेन्टको काम गर्दे आएका थिय । आफ्नी भाउजु उषा शर्मा र मक्करे बिच अनैतिक सम्बन्ध रहेको र त्यसको बिषयमा मृतकले पटक पटक मक्करेलाई सचेत गराउदै आएको झोकमा आफ्नो भाईको हत्या भएको दिदी अनितको भनाइ रहेको छ । भाईको मृत्युको खबर सुनेर बा आमा दुई तिर ढलेर रोईरहंदा समेत दाजु राजकुमारले कुनै चासो नदिएर जे भयो भयो भनेको सुन्दा आफुलाई भाईको कुरानै संकास्पद भएको अनिताको भनाइ रहेको छ । बाबुले आफ्नै छोरालाई वास्ता नगरेर धर्मपुत्रलाई निजगढको महंगो घर भोगचलन गर्न दिएको रिसमा भाउजु र दाजुको मिलेमतोमा भाई रोहितको हत्या गराएको अनितको दावी छ ।
ईलाका प्रहरी कार्यलय दाजु निजगढमा राजकुमार शर्मा भाउजु उषा शर्मा र मक्करे भन्ने अरुण कुमार साह बिरुद्ध किटानी जाहरे दिदा प्रहरीले दाजु भाउजु बिरुद्ध जाहरे लिन नमानेको अनिताको भनाइ रहेको छ ।
ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले प्रहरीले अनुसन्धान गरीरहेको दाजु भाउजु समेत दोषि देखिए प्रहरीले नियन्त्रणमा लिने बताए । उनले भने हामी अनुसन्धानमै छौ,हत्यामा संलग्न मक्करेले आफैं एक्लैले हत्या गरेको र त्यसमा अरुको संलग्नता नरहेको बताएकाले आफुहरुले त्यस बिषयमा गम्भिर भएर अनुसन्धान थालेको बताए । मृतक रोहित शर्माको शव कलैया अस्पतालमा पोष्टमार्टम भएर आफन्तले बुधबारनै जिम्मा लिएका छन् । मृतक रोहितको शव मक्करेको पसल अगाडी आधा घण्टा प्रर्दशन पनि शव दाहासंस्कारका लागि लगिएको थियो ।