चन्द्रपुर,२७ फागुन । लागू औषध कारोवारमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले लागू औषध कारोवारमा आफ्नै सङ्गठका सदस्य संलग्न रहेको पाएपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहका अनुसार ईलाका कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी ९ सय पिस नैट्रोभेट ट्याबलेट सहित पक्राउ परेका हुन् । प्रहरी जवान धामीसंगै चन्द्रपुर नगरपालिका वडा नम्वर –३ का राजु कुँवर पक्राउ परेका छन् ।
उनीहरुलाई लागू औषध ब्युरो प्रदेश –२ ले पक्राऊ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी शाह तराई एक्सप्रेस सँग भने, अपराध र लागू औषधमा संगठनकै बदनाम हुने गरि लाग्ने जो कोहीलाई नछाडिने बताएका छन् । प्रहरी जवान नै लागू औषध कारोवारमा संलग्न रहेको यो पहिलो घटना हो ।