काठमाडौं,२९ फागुन । मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा उपाधिका लागि हुने दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ ।पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछन् ।एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त समेत देखिएका छन् ।एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।पुलिस भने ४ खेलमा ३ जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।पुलिस एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्न चाहन्छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here