वीरगञ्ज,१ चैत । जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउपालिका–४ बस्ने १९ वर्षीय अविशेक दास थारुलाई पक्राउ गरिएको हो । कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको प्रहरीले जनाएको छ । पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार अनिलले १९ वर्षीय युवतीसंग सम्बन्ध कायम गरेका थिए । महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् । उनले आफ्नै घर कोठा तथा गाउ“घरको एकान्त स्थानमा पटक–पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ । तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसंग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ । त्यसैगरी सखुवाप्रसौनी गाउ“पालिका–५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षी बालिकालाई फागुन ८ गते राति १० बजे जबर्जस्ती करणी गरेको आरोप छ ।
बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरको प्रहरीले जनाएको छ । रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिंड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउ“मासमेत लिएर डेरा गरी राखी पटक–पटक करणी गरेको आरोप केटी पक्षको छ । यस्तै फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुंखेतमा घा“स काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ । महिलाको पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको दाबी उजुरी कर्ता पक्षको छ । बालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको छ भन्ने थाहा पाई निजले पीडितलाई आफ्नो घर जाउ भनी पठाएको बालिकाको बुवाको आरोप छ । आरोप अनुसारकै मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here