चन्द्रपुर,१ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जिल्लामा ट्राफिक चेकजा“च कडा पारेको छ । महा“ शिवरात्रीको राती एकै दिन तीन दर्जको हारँहारीमा मोटर साईकल दुर्घटना भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लाभरी ट्राफिक चेकजा“चलाई तिब्रता दिएको हो । शुक्रबार सांझ मात्र ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यलय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको मोथियाही पुलबाट नियम बिपरित मोटर साईकल चलाउने माथि कार्वाही गरेको थियो । शुक्रबार सांझ मात्र नियम बिपरित मोटर साईकल चलाउने र कागजात नभएका दर्जनौ मोटर साईकल नियन्त्रण लिएर ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपाने तराई एक्सप्रेसलाई जानकारी दिए । जिल्ला भरीनै प्रहरीको सहयोगमा ट्राफिकले सवारी चेकजा“चलाई तिब्रता दिएको न्यौपानेको भनाइ रहेको छ । जिल्लाका प्रमुख बजारमा सवारी चेकजा“चलाई तिब्र पारिएको उनको भनाई रहेको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीसंगै प्रहरी समेत लागि परेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामीछानेले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । जिल्लामा चेतनाको कमीका कारण अधिकांस मोटर साईकल चालकले हेलमेड नलागाउने ,बिलबुक तथा लाईसेन्स नबोक्ने लगाएका समस्या देखा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटका प्रमुख न्यौपानेको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here