चन्द्रपुर, २ चैत । रौतहटको गुजरा नगरपालिकाका आर्थिक सहयोमा सुरु भएको ५ दिने नगर स्तरीय पत्रकारिता तालिम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको आर्थिक सहयोग तथा पोस्टम्यान मल्टिप्रपोज कम्पनी प्रा.लि.को आयोजनामा संचालित पत्रकारिता तालिम गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवालको प्रमुख आतिथ्यमा आईतबार सम्पन्न भएको हो । उक्त तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी जयसवालकले सहभागीहरुलाई आगामी दिनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
सो तालिममा सहभागीहरुले पत्रकारिता तालिमबाट सिकेका कुरालाई डायरीमा मात्र सिमित नराखेर निस्वार्थ भावनाले कुनै पनि पूर्वाग्रह नराखी जनतालाई सही सूचनाले सुसूचित गराउने कुरामा आफू विश्वस्त रहेको समेत रहेको जयसवालले बताएका छन् । आईतबार समापन कार्यक्रमका अर्का अतिथी गुजरा नगरपालिकाका नगर प्रवक्ता आरिफ दर्जीले सहभागीहरुलाई सधैं निष्पक्ष तरिकाले पत्रकारिता गर्न सुझाव दिएका छन् । उनले पत्रकारिता पेशामा धेरै कठिनाई र चुनौतीहरुको सामना गर्नु पर्ने भएकोले निडर भएर यस पेशामा लाग्न आग्रह गरेका थिए ।
तालिमको अन्तिम दिन आयोजक संस्थाले सहभागीहरुलाई चन्द्रपुर स्थित रेडियो गुञ्जनको अवलोकन समेत गराएका थिए । रेडियो अवलोकन गर्ने क्रममा सहभागीहरुलाई रेडियोका स्टेशन म्यानेजर संजय कार्कीले रेडियोको प्राविधिक तथा कार्यक्रम उत्पादन लगायतका बारेमा जानकारी गराएका थिए । गत फागुन २७ गते देखि शुरु भएको पत्रकारिता तालिमको उद्घाटन नगर प्रमुख सन्तलाल चौधरीले गरेका थिए । सम्पनन् उक्त तालिममा राम कुमार एलन, नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेम चन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले प्रशिक्षण दिएको पोस्टम्यान मल्टिप्रपोज कम्पनीका अध्यक्ष ओम किशोर चौधरीले जनकारी दिएका छन् । अध्यक्ष चौधरीका अनुसार तालिममा गुजरा नगरपालिकाका ३२ जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here