जनकपुर,२ चैत । नेकपा माओवादी केन्द्रले नेकपा खारेज भएर पूर्ववत पार्टीमा फर्किँदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार प्रदेश २ र लुम्बिनीमा बढी क्षति भएको देखिएको छ ।
बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने बताएका छन् । साथै विचार र नीतिमा स्पष्ट हुँदै माओवादीको के हो भन्ने स्थापित गर्नुपर्नेमा धेरैले जोड दिएका छन् । प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहका अनुसार साविकको नेकपामा प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् । २१५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १०७ जना थिए । उनीहरुमध्ये १७ जना एमालेमा गएका छन् । यद्यपि ४,५ जना अलमलकै अवस्थामा रहेको साहले बताए । प्रदेशसभा सदस्यमध्ये चारजना ज्वाला साह, कुन्दन कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समिर ओली समुह नेकपामा गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here