सिरहा,२ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकता रहेको प्रहरीले जनाएको छ । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here