रुपेन्द्र पटेल
चन्द्रपुर, ४ चैत ।
गर्मी बढेसंगै रौतहटमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । जाडो र गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भएपनि रौतहटका स्थानिय तह हरुले समयमा नै औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । रौतहटको स्थानिय तहले समयमा लामखुट्टे मार्ने औषधि नछर्किंदा रौतहटमा डेंगुको रोग पनि आउन सक्ने सम्भावना बढदै गएको चन्द्रनिगाहपुरका स्थानिय व्यापरी अमित्त साहले बताएका छन् । स्थानीय तहको निर्वाचित वडाअध्यक्ष तथा नगरप्रमुखले यस्ता कुरामा समयमै ध्यान दिनुपर्ने साहको कथन छ । सरसफाई व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा रौतहटका १८ वटै स्थानिय तहले एक जुट भएर लगनु पर्ने गरुडाका स्थानिय नेता कन्थमनी जयसवालले तराई एक्सप्रेलाई बताए । उचित सफाई हुन नसक्दा जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया समनपुर, चन्द्रनिगाहपुर लगाएतको सहर बजारमा यतिबेला मच्छरको प्रकोप ह्वात्तै बढेको छ । गत वर्ष रौतहटको चन्द्रपुर नगरपालिकाले छिटेको मच्छर मार्ने औषधीले मच्छरको बालवाखा नभएको स्थानिय वासिन्दा निराजन श्रेष्ठले तराई एक्सप्रेलाई बताए । नगरपालिकाले नगरका सबै वडामा मच्छर मार्ने औषधी छर्केको भएपनि त्यो औषधीले मच्छर नमरेको अर्का स्थानीय बासिन्दा रबीराना मगरले जानकारी दिए । नगरका अधिकांश बासिन्दाले नगरपालिकाले गत वर्ष छरेको मच्छर मार्ने औषधीले एउटापनि मच्छर नमरेको गुनासो गरि रहेका छन् । नगरपालिकाले नामको लागी मात्र औषधि छर्ने गरेको गुनासो समेत बढेको हो । स्थानियले यसवर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नु पर्ने स्थानिय वासिन्दाहरुको माग रहेका छन् । यता जिल्लाको सदरमुकाम गौरमा सरसफाई नहुंदा मच्छरको प्रकोप बढेको स्थानियको भनाई रहेको छ । नगरपालिकाले कहिले काही मात्र सरसफई गर्ने गरेकोले मच्छरको प्रकोप बढेको हो । स्थानियले गौर बजार दैनिकी सरसफाई गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here