चन्द्रपुर, ५ चैत । भारत तर्फ जादै गरेको अवस्थामा रौतहटको गौरबाट एकजना युवतीको उद्धार गरिएको छ । गौरको सिमा नाकाबाट एक युवतिको उद्धार गरीएको हो । गत हप्ता हेटौडाको एक होटलमा काम गर्दै आइरहेकी अन्दाजि १६÷१७ बर्षकी दोलखा घर बताउने निर्मला तामाङ नाम परिवर्तलाई रौतहटको इशनाथ नगरपालिकाको वडा नं.५ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले फेला पारेको हो । तामाङले आफनो घर दोलखाको कुन पालिकामा हो थाहा नभएको तर वडा नं. ४ बोझ भन्ने गाउ रहेको बताएकी छिन् । त्यसैगरी पिडित बालिकाले आफ्नो बुवाको नाम पासबिर तामाङ बताएपछि जिल्ला प्रहरी कार्यलय रौतहटले सोहि बमोजिम अभिभाबकलाई खोजतलास गर्दा कोहि पनि संपर्कमा नआएपछि मेचिमहाकालि बुहारी सयुक्त आवाज २ नं. प्रदेश कार्यलय चन्द्रनिगाहपुरमा सुरक्षित साथ राख्न जिम्मा दिइएको प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले बताए । पिडीतलाई सुरक्षासाथ रोजगारको समेत व्यवस्था गरी मानब सेवा आश्रम हेटौडाको रोहबरमा राखिन मेचिमहाकालि बुहारी सयुक्त आवाज २ नं. प्रदेशका संयोजक पुजा पाठक तिमल्सिनाले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here