मुम्बई । बलिउड अभिनेता समिरा रेङडी आजकाल आफ्नो फिटनेसमा निकै काम गरिरहेकी छिन् । उनले एक हप्तामै एक किलोभन्दा बढी तौल कम गरेकी छिन् । उनले हाल आफू फिटनेसका लागि निकै काम गरिरहेको बताएकी छिन् । समिराले हालै इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले भनेकी छिन्, अनुशासन र कडा मिहिनेत ती कुराहरु हुन् जसमा म सधैं कायम रहन चाहन्छु । किनभने मेरो मान्यता यो छ कि फिट रहनु पूर्ण रुपमा एक राम्रो जीवनशैली बनाउने बारे हो ।
समिराले भनिन्, हामी यहां थोरै समयका लागि कुनै सानो लक्ष्य लिएर हिँडिरहेका छैनौं । हामी आफ्नो तौल घटाउनका लागि एउटा दीर्घकालीन लक्ष्य लिएर हिँडिरहेका छौं । समिरा दुई बच्चाकी आमा हुन् र उनी महिलासँग जोडिएको मुद्दामा मुखर भएर बोल्ने गर्छिन् । चाहे त्यो गर्भावस्था पछिको तौल होस् वा आफ्नै हेरविचार होस्, उनले विभिन्न मुद्दामा थुप्रै पटक खुलेर कुरा गरेकी छिन् । उनले आफ्नो पछिल्लो हप्ता कसरी गुज्रियो भनेर जानकारी दिँदै भनिन्, यो हप्तामा सबैभन्दा तनावपूर्ण कुरा भनेको, म थोरै चिडचिड भइरहेकी थिए । थोरै मुड स्विङ्स भइरहेको थियो तर पनि मैले आफैंले आफैंलाई आफू योजनाको हिसाबले हिंड्दैछु भनेर शान्त पार्नु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here