काठमाण्डौ,५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक आजबस्दै छ । पुष्पलाल स्मृति प्रष्ठिानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । पार्टीका महासचिव रामसहाय प्रसाद यावदले आजको बैठकमा समसामयिक विषयमा छलफल हुने सीआईएनलाई बताउनुभयो । उहाँले आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिले उत्पन्न अवस्थाबाट कसरी मुलुकलाई निकास दिने, आउने दिनमा पार्टी कसरी अघि बढ्ने, पार्टी समायोजनको कुरालाई कसरी टुङ्ग्याउने लगायतका विषयमा छलफल हुने पनि जानकारी दिनुभयो । महासचिव यादवले आजको बैठकमा राजनीतिक अन्यौलताबाट मुलुकलाई निकास दिने विषयमा छलफल केन्द्रीत रहने भन्दै वर्तमान अवस्थामै सरकारमा जाने वा नजाने विषयमा पनि छलफल हुने बताउनुभयो । उहाँले दलको नेता र उपनेता चयनको विषयमा भने संसदीय दलले टुङ्गो लगाउने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here