गौर,५ चैत । होली पर्व नजिकियो । होली पर्वको आगमनसंगै कुनैबेला गाउघरमा राति गुन्जिने होली गीत अचेल लोप हुंदै गइरहेको छ । वसन्त ऋतुको आगमनसंगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा जोगिरा गायक दुःखी छन् । उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब न त ढोल, मृदंग नै बज्छन न त फागुगीत नै गुञ्जिन्छन् । जोगीरा सर……..र…र…., कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब विरलै सुन्न पाइन्छ । माधोपुरका शिव प्रसाद रयाले भने, ‘पहिले पहिले त गाउ“को बीचमा रहेको कुनै ठाउमा गाउका मानिस बसेर अबेर रातिसम्म जोगीरा गाइन्थ्यो तर अब जोगीरा नसुनेको पनि धैरै भयो । तर आफूहरुले गर्दै आएको किर्तन भजनमा भने होली गीत गाउने गरेको छु ।
समयको परिवर्तन र गाउ“का युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले यादवलाई मात्र होइन यहांका अन्यलाई समेत प्रभाव पारेको छ । होलीको पौराणिकता अब कहां रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउ“मा राग र द्वेष देखापरेकाले होलीसंगै जोगीरा गीत पनि प्रभावित भएको उनको भनाई छ ।
होलीपर्व आउन दुई हप्ता मात्र बा“की छ तर परापूर्वकालदेखि गाउ“दै आएको होली गीत जोगीरा लोप हुंदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिंदै आएका छन् । अहिले बजारमा पाइने जोगीराका अश्लील संस्करणहरुले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । आद्युनिकताले पूरानो परम्परा लोप हुंदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ उनले बताए । पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।