काठमाण्डौ,५ चैत । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी रहने छ । हिजोदेखि ललितपुरको सानेपामा सुरु भएको भेला महत्त्वपूर्ण निर्णय गर्दै आज सकिने नेताहरुले बताएका छन् । हिजो उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ ।प्रधानमन्त्री एवम्अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।भेलामा सहभागी भएका देशभरका नेताकार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here