चन्द्रपुर,५ चैत । चन्द्रपुर नगरपालिका ८ स्थित बसन्तपुरमा रहेका पसल बुधबार दिउसो धमाधम बन्द भए । स्थानीयले पान पसल देखी कपडा पसलको सटर दिउसै झारेको देखेर चकित भए । व्यापारीले दिउसै पसल बन्द गर्नुको प्रमुख कारण भनेको राजश्वको अनुगमन रहेछ । राजश्व कर्मचारी आएर प्यान ,भ्याटमा दर्ता भए नभएको हेर्न थालेपछि बसन्तपुरका पसल दिउसै बन्द भएका हुन । प्यान ध्याटमा दर्तानै नगरी व्यावसाय संचालन गरेकाहरुले राजश्वको टोली आएको थाहा पाएपछि आ आफ्नो पसल बन्द गरेको स्थानीयले बताएछन् । पछिल्लो समय बसन्तपुरमा ब्यापार ब्यावसाय बढदो रहेको छ । बजार बढदै गएपनि ब्यापारीहरु भने करको दायरामा नआएको जानकारहरुको भनाई रहेको छ । बुधबार दिउसो राजश्व कार्यलयको टोलीले स्थानीय पसलमा अनुगमन थालेपछि अधिकास व्यापारीले आफ्नो ब्यापार ब्यावसाय बन्द गरेर भागेको स्थानीय बासिन्दाले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । बसन्तपुरका स्थानीय ब्यापारी अझै सम्म करको दायरामा नआएका कारण राज्यले सो बजारबाट धेरै राजश्व गुमाउदै आएको छ । बसन्तपुर बजारमा रहेका पान पसल देखी मदिरा पसल सम्म करको दायरामा आउन नसकेको स्थानीयको भनाइ रहेको छ । २०७७ चैत ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here