चन्द्रपुर, ६ चैत । चलचित्र बदला रिटर्नसको चारवटै गीतमा चर्चित गायक सुर्य राईको सगीत रहने भएको छ । घनश्याम तिमल्सिना एन्टिनाद्वारा निर्देशित चलचित्र बदला रिटर्नसको चार वटा गीतको संगीतकार सुर्य राई दनुवार तय भएका छ्न । निर्माण टिमले उनलाई संगितकारको रूपमा चयन गरेको हो । चारमध्य एक सेन्टिमेन्टल,दुई रोमान्टिक ,र एक ग्रुप गित हुनेछ ।गीतमा साहित्यकार नारायण नेपाको शब्द रहनेछ ।
सामाजिक कथामा बनिरहेको चलचित्रको ८० प्रतिशत छायांकन सम्पन्न भएको छ । गीतहरूको मंगलवारबाट दृश्य खिचिने छ । रौतहटको चन्द्रनिगाहपुरमा जन्मेका सुर्य राई दनुवार लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय छ्न । उनले सय अघि धेरै गीतमा संगीत दिइसकेका छ्न । उनी राम्रो गायक पनि हुन । निर्माण टिमका दिएको जानकारी अनुसार बदलिँदो समयमा सुहाउ“दो गीत आउदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here