बसन्त लामा
चन्द्रपुर, ६ चैत ।
चन्द्रपुर नगरपालिकाको वडा नं— ३ मा गणतान्त्रिक योद्धाको कटेरोमा बास भएको छ । कटेरोमा बास बस्दै आइरहेको गणतान्त्रिक योद्धा हुन् चद्रपुर नगरपालिका ३ का राम पुजन गुरो । त्तकालिन नेकपा माओबादि द्धारा संचालित जनयुद्ध रौतहट जिल्लाको उतरी भेगको गैडाटार यरिया नम्बर १ को माओबादि पार्टीमा यसियम पदमा सक्रिय भूमिका खेल्दै आयका थिए । सक्रिय भूमिका खेल्दा खेल्दै २०५८ सालमा नेपाली सेना को गिरफ्तारी मा परि टाउकोमा गम्भीर चोट लागि २०७२ साल को पुष १० गते टाउको को सल्यक्रिया गरियको थियो । सल्यक्रिया पछि शरीर को १ भाग नचल्ने भयपछि लठी र अरुकै भरमा हिडडुल गर्न बाध्याता परेको छ । उपचार को क्रममा आफ्नो पैत्रिक जायजेथा समेत सकिसकेको अबस्थामा बिगतको दिनको साथीभाई आफुलाई देख्दा तर्केर हिडने गरेको समस्या पोख्छन ।
बदलिदो राजनीतिक संगै युद्ध लडेको साथि हरु अहिले कोहि वडा अध्यक्ष हुदै कोहि जिल्ला शदश्य र केन्द्रिय शदश्य भैसकेकाछन । हाल सम्म पनि उपचार गर्न कहिकतै बाट पहल नहुदा नहुदै हाल आयर पुरानो घर भत्कायर बनाउने क्रमा घर को काठ जोहो गर्न नसक्दा काटेरोमा बास्बस्दै आयको हो । आफुले नै पालामा जिल्ला वन कार्यालय रौतहट मा दर्ता गरायको श्री तिलेस्वर नाथ सामुदायिक वन बाट समेत काठ उपलभद्ध हुनु नसकेको गुनासो रहेको छ । शरीर राम्रो हुदा सबैको हाइ हाइ बिपतिमा कोहिछैन दाज्यु भाइ भने जस्तै १० बर्षे जनयुद्ध को सिपाही राम पुजन गुरो लाइ भयको भेटमा बताए । आफ्नो युद्ध कालिन साथीहरु गैडाटार पार्टी र आफनो व्यक्ति गत काम को सिलसिलामा आउदा आफुलाई देखेपछि मुन्टो घुमायर अन्याठाउ तिर्ने जानेगरेको कथन्छ । नेकपा को दुइ तिहाइ को सरकार रहदा अपाङग को लागि उपचार को हारगुहार गर्दा समेत बेवास्था गरेको गुनासो गर्ने गरेको छ । अहिले आयर १० बर्षे गणतान्त्रिक योद्धा राम पुजन गुरो लाइ १० बर्षे जनयुद्ध गरिब निमुखा सर्वहारा को उन्मुक्ति को लागि नभई शासक वर्ग लाइ कुर्सीमा पुर्याउने खेलमात्र भयको बताउनु भयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here