रुपेन्द्र पटेल
चन्द्रपुर, ६ चैत । चन्द्रनिगाहपुरको मुख्य चोकमा सडक मिचेर व्यापार व्यवसाय गरिंदा दुर्घटनाको जोखिम बढेको छ । चन्द्रनिगाहपुरको पूर्व–पश्चिम राजमार्गमा स्थित बस पार्कमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेकोक्रम बढ्दै गएकोे हो । चन्द्रनिगाहपुरको व्यापारिक केन्द्रको रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको मुख्य चोकमा पछिल्लो समय सञ्चालित विभिन्न पसल व्यवसायिकहरुलाई पटक–पटक हटाउने प्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन् । सो चोकमा ब्यापारीहरुले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफुल लगाएत बिभिन्न समाग्री किनबेच गर्दै आएका छन् ।
सडकमै हुने गरेको ब्यापारका कारण दुर्घटनाको जोखिम दिनानु,दिन बढदै गएको चन्द्रनिगाहपुरका स्थानिय ब्यापारी रुपेश दाहालले बताएका छन् । तिब्र गतिमा आएका सवारीले कुन बेला कस्लाई उडाइदिने ठेगान नरहेको उनको भनाई छ । राजमार्गमा ब्यापार गर्ने ब्यापारीहरुले ठेला तथा घुम्ती जस्तै रेडिमेन्ट घर ल्याएर ब्यापार गर्ने गरेको भएपनि नियमकारीहरु मौन रहेको अर्का ब्यापारी राजु तिवारीले बताए । फुटफुट तथा राजमार्ग अतिक्रमण गरेर ब्यापार गर्ने ब्यापारीहरु संग करको रुपमा चन्द्रपुर नगरपालिकाले दैनिकी १० देखि २० रुपैया लिएर फाटफुटे ब्यापारीलाई उम्काएको स्थानियको भनाई रहेको छ । राजमार्ग अतिक्रमण गरेर ब्यापार गर्ने ब्यापारीलाई ट्राफिक प्रहरीले समेत हटाउन न सकेको गुनासो बढेका छन् । तर यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेस न्यौपाने संग बुझदा ट्राफिक प्रहरीले पटक–पटक हटाउने प्रयास गरेपनि फुटफाटका ब्यापारीहरुले हटाएको दिन हटने र भोली पल्ट फरी आएर सोही स्थानमा ब्यापार गर्ने गरेको बताएको छन् ।
न्यौपानेका अनुसार यस बिषयमा नगरपालिकाले नै चासो लिएर हटाउनु पर्ने बताए । यता सो स्थनमा ब्यापार गर्ने ब्यापारीहरुका अनुसार ट्राफिक प्रहरीले मात्र हटाउने गरेको बताएका छन् । १०–२० रुपैयाको लोभमा नगरपालिकाले फुटफुटमा ब्यापार गराई दुर्घटनाको जोखिम निम्तयाएको स्थानिय युवा निराजन प्यारा श्रेष्ठले बताए । चन्द्रनिगाहपुरका केही स्थानीय व्यववसायीले भने पहुंच भएकाहरुले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको गुनासो समेत बढेको हो । यस बिषयमा तराई एक्सप्रेसले चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरी संग बुझदा नगरपालिका कुनै लोभमा नरहेको बताएका छन् । नगरपालिकाले नाला निर्माण गर्दै छ, नाला निर्माण भएपछि कुनै ब्यापारीले नालाको भित्रमा बसेर व्यापर गर्न नपाउने बताएका छन् । चैत महिना भित्रै फाटफटे ब्यापरीलाई ब्यवस्थित गर्ने बताउका छन् । चन्द्रनिगाहपुरमा राजमार्ग तथा सडक अतिक्रमण गरेर ब्यापार व्यावासायि मात्र नभई पार्किङको सुविधा नहुदा अटो, ई–रिक्सा तथा माल ढुवानी गर्ने ठेलाहरु पनि राजमार्गमै लागने गरेको पाईन्छ । २०७७ चैत ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार