रुपेन्द्र पटेल
गरुडा,६ चैत ।
तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बा“की रहेका बेला रौतहटमा खसीबोकाको कारोवार बढेको छ । रौतहटका ग्रामीण भेगमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । ग्रमीण भेगका किसानहरुले पालेको खशी किन्न रौतहटको मात्र हैन अन्य जिल्लाको व्यापारीहरु पनि आउने गरेको गढीमाई नगरपालिका वडा नं—८ बरियारपुरका स्थानिय बख्रा पालक किसाल बिजय सहनिले बताएका छन् । यतिबेला गाउ घरमा पालेका खसीबोका किन्ने बिभिन्न ठाउका ब्यापारीहरु आउने गरेको सहनिले तराई एक्सप्रेसलाई बताएका छन् । होली पर्वमा मासु खानका लागि खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीहरुले बताएका छन् । किसानले पालेको खशी ग्रामीण भेगमा सस्तो दिने गरेकोले रौतहटको ग्रामीण भेगमा खसीबोका खरिद बिक्री बढेको जानकारहरुको भनाई रहेको छ । रौतहटबाट खरिद गरेको खशीबोका काठमाण्डौंसहित देशको बिभिन्न ठाउमा पु¥याउने गरेको चन्द्रनिगाहपुरका एक ब्यापारीले तराई एक्सप्रेसलाई बताएका छन् । यता केही किसानले भने भारतीय खसीबोका अवैधरुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् । खसीबोकाको कारोवारमा वृद्धि भएसंगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता भिमल मेहताले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here