जनकपुर,६ चैत । मधेश आन्दोलनको बलमा प्रदेश सरकारको नेतृत्व गर्न पुगेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले निर्वाचनताका शहीद परिवारलाई रोजगारी दिने वाचा गरेको थियो । सरकार गठन भएपछि आफ्नो वचन पूरा गर्न प्रदेश सरकारले शहीद परिवारलाई खोेजी–खोजी कार्र्यालय सहयोगी पदमा जागिरको नियुक्तिसमेत दिएको थियो । जागिरको नियुक्ति पत्र ‘प्रसाद’ झैँ वितरण गरेपनि नियुक्ति पाएका ५३ जना मध्ये २८ जनाले मात्रै अहिलेसम्म जागिर पाएको गुनासो मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरुले गरेका हुन् । मधेश आन्दोलनको क्रममा तत्कालिन राजपा नेपालका नेता राजेन्द्र महतोले मधेश आन्दोलन सफल भए आफूहरुको नेतृत्वमा बन्ने सरकारले शहीद परिवारलाई ५० लाख रुपैयाँको दरले रकम प्रदान गर्ने उद्घोष नै गरेका थिए । तर, तत्कालिन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच एकता भएर बनेको जसपा नेतृत्वको प्रदेश सरकारले उनीहरुलाई जागिरसमेत दिन सकेको छैन । नियुक्ति पत्र पाएको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि दुई दर्जनभन्दा बढी शहीद परिवार जनकपुर चुरोट कारखाना लिमिटेडभित्र रहेको मधेश भवनमा रहेको प्रदेश सरकारले उपलब्ध गराएको नियुक्ति पत्रसहित दिनहुँ धाउन बाध्य छन् । आफ्नो माग सम्बोधन गराउनका लागि उनीहरुले शहीद परिवार तथा घाइते हकहित संघर्ष समिति नै गठन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here