चन्द्रपुर, ७ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा साइबर अपराध न्यूनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को सहयोग र जनसरोकार मिडिया प्रालीको आयोजनामा २ दिने तालिम सम्पन्न भएको हो । बनबहुअरीको श्री कालिका माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ७,८,९ र १० का विद्यार्थीलाई दिइएको सो तालिमको चन्द्रपुर नगरपालिका ७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । तालिममा वडाध्यक्ष उप्रेतीले विद्यार्थीलाई साइबर अपराध अत्यन्तै गहन विषय भएकोले यस सम्बन्धि गम्भीर भएर ज्ञान लिन विद्यार्थीलाई आग्रह गर्नुभएको थियो । अहिले यो प्रविधिको युगमा धेरैजसो प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढेकोले साइबर क्राइम न्यूनीकरण सम्बन्धि तालिम अति आवश्यक रहेको उँहाले बताउनुभयो । साइबर अपराध न्यूनीकरण सम्बन्धि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी निरीक्षक चन्द्रभुषण गादब र पत्रकार ओमकिशोर चौधरीले प्रशिक्षण दिनुभएको थियो । साइबर क्राइम कस्तो हो ? ,यसले कस्तो असर पुर्याउँछ ? यदी साइबर क्राइममा परे यसबाट कसरि बच्न सकिन्छ ? ,कसको सहारा लिने भन्ने विषयमा उँहाहरुले विद्यार्थीलाई प्रष्ट पारिदिनुभएको थियो । सामाजिक संजालको सदुपयोग कसरि गर्ने ,प्रविधिका फाइदा र बेफाइदाका बारेमा पनि विध्यार्थिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको समापनका दिन कार्यक्रममा प्रमुख चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले सामाजीक सञ्जालको पहुंच सबैमा पुगेकाले विद्यार्थी भाईबहिनिहरुले यसको प्रयोखमा चनाखो हुनुपर्ने बताउनुभयो । मेयर चौधरीले साईबर अपराध बढ्दै गहिरहेको हालको परिस्थतीका कारण यसको रोकथामका लागी यसबारे बुझेर अरुलाई समेत सतेत गराउनुपर्ने धारणा राख्नुभएको थियो । ,वडा अध्यक्ष विष्णुप्रसाद उप्रेती,नगरप्रमुख रामचन्द्र चौधरी,इलाका प्रहरी कार्यालयका प्रनि चन्द्रभुषण यादब,प्रधानाध्याप राजेश शर्मा खनाल र अन्य शिक्षक÷शिक्षिका लगायत सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here