रौतहट,८ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी सवा ५ बजे मतदाता नामावली प्रकाशन गरिने छ।मतदाता नामावली उपर दाबी विरोध भोलि अर्थात् ९ गते दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ।यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ।उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ। उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ।उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ।उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ। मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवम् सदस्यका लागि मतदान गर्न पाउनेछन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ। देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here