चन्द्रपुर,८ चैत । रौतहट वनमा पछिल्लो केही दिय यता ब्यापक रुपमा काचा सालका काठको चोरी तस्करी बढेको छ । चन्द्रनिगाहपुरमा सालको ५ थान काचो गोलिया सहित ५ साईकल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शनिबार राती करिब १ बजे चन्द्रपुर नगरपालिकाको वडा नं— ५ राजपेडाको भित्र पट्टी गोरेटो सडक हुदै साइकलमा लोड गरि ल्याउदै गरेको अवस्थामा काचो सालका गोलिया ५ थानसहित ५ साइकल बरामत गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताएका छन् ।
प्रहरी गस्ती टोलीलाई देख्ने वितिकै १५÷२० जनाको समुहमा रहेका तस्करहरु साइकल छाडी फरार भएकाले तस्कर पक्राउ पर्न नसकेको डिएसपि लामिछानेले बताए ।
बरामद भएको काठ जिल्ला डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई बुझाइएको डिएसपि लामिछानेले बताएकाछन् ।
बरामत काठ ३१ं.५ क्यु फुट रहेको र आवश्यक कारवाहीका लागी अनुसन्धान अगाडी बढाइएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here