चन्द्रपुर,८ चैत । धनुषाको धारापानीमा हुने राष्ट्रिय कराते प्रतियोगिताका लागि रौतहट जिल्ला स्तरिय छनौट सम्पन्न भएको छ ।
सो प्रतियोगिताका लागि प्रदेश २ को छनौट बुधबार ढल्केबरमा हुने छ । प्रदेश २ स्तरिय छनौट प्रतियोगिता खेल्नका लागि रौतहटका महिला तथा पुरुष कराते खेलाडीको जिल्ला स्तरिय छनौट सनिबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको हो । महिला तर्फ ३० किलो तौल समुहमा किमस लामा ,३५ किलो तौल समुहमा सम्झौता देवकोटा ,४० किलो तौल समुहमा रचना पाण्डे ,४५ किलो तौल समुहमा सुसिला बिक ,५० किलो तौल समुहमा सानुमाया दोङ,र ५५ किलो तौल समुहमा प्रतिक्षा लो छनौट भएका छन् ।
त्यस्तै पुरुष ३५ किलो तौल समुहमा शेखर थापा ,४० किलो तौल समुहमा रमण घिसिङ,४५ किलो तौल समुहमा सनिल माझि ,५० किलो तौल समुहमा मुस्कार ठोकर ,५५ किलो तौल समुहमा तिलकराज गुरो ,६० किलो तौल समुहमा कैलास गुरो र ६५ किलो तौल समुहमा अमित भोलन छनौट भएको नेपाल सितोरियो काराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here