चन्द्रपुर,९ चैत । बालबालिकालाई लक्षित गरी सिभिल अस्पताल प्रालि चन्द्रनिगाहपुरले निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सो अस्पतालले काठमाण्डौंको कान्ति बाल अस्पतालका डाक्टरहरुको सहकार्यमा रौतहटका बिभिन्न स्थानमा हरेक महिनामा दुई पटक निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गर्ने सो अस्पतालका संचालक राजन साहले जानकारी दिएका छन् । कान्ति बाल अस्पतालका डाक्टरहरु एमडि नासीर नासिरले हरेक दिन सो अस्पतालबाट सेवा प्रदान गर्दे आएकोमा अवमा दिनमा हरेक दुई दिन निशुल्क उपचारको ब्यावस्था गरिएको छ । डाक्टर सचिन यादव ,डाक्टर राम किशोर यादवले निशुल्क सर्बसाधारणको उपचार गर्ने अस्पतालले जनाएको छ । सो अस्पतालले बिभिन्न समयमा सर्बसाधारणका लागि निशूलक शिबिरको आयोजना गरेर सेवा प्रदान गर्दे आएको छ । सिभिल अस्पताल प्रालि चन्द्रनिगाहपुरले सर्ब सुलभ मुल्यमा आम नागरिकको निशुल्क उपचार गर्दे आएको अस्पतालका डाक्टर राम किशोर साहले जानकारी दिएकाछन् । अस्पताल संचालनमा आएको छोटो समयमानै आम सर्बसाधारणको मन जित्न सफल भएकाले बेला बेलामा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने गरेको सो अस्पतालका संचालक राजन साहले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here