गरुडा,१० चैत । रौतहटका एक युवाले वातावरण प्रदुषण नियन्त्रण तथा सन्तुल राख्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा बृक्षा रोपन कार्य शुरु गरेको छ । गरुडा नगरपालिका वडा नम्वर २ का युवा नेता विवेक शर्माले माधव नारायण नगरपालिका, गरुडा लगाएतका स्थानिय तहमा बृक्षा रोपन कार्य शुरु गरेको हो । जिल्लामा बढ्दो जनसंख्याको चापले दिन प्रतिदिन वन विनाश बढ्दै गएकोले त्यसको प्रतिकुल असर वातावरणमा परेको छ । वातावरणमा परेको प्रतिकुल असरले मानव जिवनमा नकरात्मक प्रभाव पर्ने गरका कारण प्रदुषण नियन्त्रण तथा सन्तुलन गर्ने उद्देश्यले आफू बृक्षा रोपन कार्यमा लागेको शर्माले बताए । उनका अनुसार मानव र बोट विरुवा एक अर्काको परिपुरक भएकोले बोट विरुवालाई संरक्षण गर्नुका साथै सार्वजनिक जग्गाहरुमा सबै मिलि बृक्षा रोपन गर्नु पर्ने बबताए । रौतहटको माधवनारायण नगरपालिका वडा नं— १ दिपहीमा लगाएको करिब २ सय बिभिन्न जातीको विरुवालाई संरक्षण गर्न नगर प्रमुख बिरेन्द्र राय यादवलाई आग्रह गरेका छन् । विवेक सिल साझा पार्टीका केन्द्रीय सदस्य तथा सृजनात्मक कल्याण केन्द्रका अध्यक्ष समेत रहेका शर्माले रौतहटमा बिगत लामो समयदेखि वातावरण जोगाउन लागी बिभिन कार्याक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here