सिरहा, १० चैत । सिरहाको वडियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका एक महिला देवर पर्नेको यौन शोषणको शिकार भएकी छन् । गाउँकै देवर पर्ने करिव २४ वर्षिय आनन्द कुमार यादवले विवाह गर्ने भन्दै पछिल्लो डेढ वर्षदेखि उनको यौनशोषण गर्दै आएका हुन् । नियमित सम्वन्धमा रहेका उनीहरुबीचको सम्वन्ध १५ दिन अघि घरमै रंगेहात पक्राउ परेपछि खुलेको ति महिलाले बताईन् । उनले भनिन्, हामीवीच २०७६ मंसिरदेखि नै शारिरिक सम्वन्ध रहदै आएको छ । आनन्दले पहिले देखि नै शारिरिक सम्वन्धको प्रस्ताव राख्दै आएपनि मैले म विवाह भएको, बालबच्चा भएको महिला हु“ तिमीले यस्तो प्रयास नगर भन्दाभन्दै उसले अब म तिमिविना बस्न सक्दिन विवाह नै गर्छु भने पछि शारिरिक सम्वन्ध सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here