स्नेहा कर्ण
काठमाण्डौं, ११ चैत ।
प्रदेश २ मा झन्डै २५ लाख दलित समुदायको बसोबास रहेको छ । ती मध्ये झन्डै ८५ प्रतिशतको नागरिता अझै बन्न सकेको छैन । सदियौंदेखि बसोबास गर्दै आएका दलितहरुको तथ्याङ्क सङ्कलन गरि नागरिकता दिने प्रदेश २ सरकारले डेढ वर्षअघि बताएको थियो । सिरहा अर्नमाका उमेदा खातुन, ४५ वर्षको हुनुभयो । दुई सन्तानका आमा उमेदासंग नागरिकता छैन । धनुषाका फुलो मल्लिक उमेरले ४० पुग्नुभयो । उहासंग पनि नागरिकता भने छैन । फुलोलाई हुर्कदै गरेका सन्तानलाई कसरी पहिचान दिलाउने ? चिन्ताले सताउने गरेको छ । ८ जिल्ला रहेको प्रदेश २ को बारा जिल्लाका डोम समुदाय पनि नागरिकता बिहीन छन् । आदर्श कोतवाल गाउ“पालिकाका २५ वर्षका राम सदाको नागरिकता बन्न सकेको छैन । किनकी उहाको आमा बुबा पनि नागरिकताविहीन हुनुहुन्छ । झन्डै ५५ लाख जनसङ्ख्या रहेको प्रदेश २ मा डोम, मुसहर, तत्मा लगायतका समुदायका नागरिक मध्ये झन्डै ८५ प्रतिशत अर्थात् ७ लाख २० हजारजनासँग अझै नागरिकता छैन । नागरिकता नभएपछि राज्यदिने सेवा, सामाजिक सुरक्षा भत्ता पनि पाइएको छैन । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलले मुसरह समुदायमा घरज्वाईँ बस्ने परिपाटीका कारण गैर नेपाली भए पनि उनलाई नागरिकता दिनुपर्ने गरी प्रयास हुने गरेको जानकारी दिनुभयो ।
यस्ता गतिविधिलाई रोक्दै वास्तविक नेपालीलाई नागरिकता दिनका लागि आफूले समन्वय गरिरहेको उहाँको भनाइ ५ । संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैनु भनिएको छ । धारा ११ मा कुनै पनि व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति नेपाली नागरिक ठहर्नेछ भनिएको छ । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नागरिकताको विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यक कागजातका आधारमा निर्णय लिन सक्ने बताउनुभयो । नक्कली नाता प्रमाणित गरेर नागकि नभएकाले नै नागरिकता लिने संख्या पनि प्रदेश २ मा धेरै छ । पुस्तौदेखि नागरिक विहिन दलित समुदायको संख्या पनि प्रदेश २ मा नै धेरै छ । अब दोस्रो र तेस्रो पुस्ता पनि नागरिकता विहीन हुने देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here