पर्सा,११ चैत । छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राख्दै सिमावर्ती जिल्ला पर्सामा सतर्कता अपनाउन विभिन्न निर्णयहरु गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको बैठकले जिल्लाका सम्पूर्ण सिमानाकाहरुमा कडाई गर्नका साथै भेला, सम्मेलन र भिडभाड हुने कार्यक्रमहरु नगर्न दिने निर्णय गरेको छ । बैठकले होली पर्व लाई मध्यनगर गर्दै २५ जनाभन्दा बढीलाई एक ठाउमा जम्मा हुन नदिने निर्णयसमेत गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । निर्णय पालना नभएको खण्डमा कारवाहीसमेत गरिने उनले जानकारी दिए ।
रुउनले भारतका विभिन्न स्थानमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएको हुनाले जिल्लाको सम्पूर्ण सिमानाकाहरुलाई थप व्यवस्थित गर्न नेपाल प्रहरी र शास्त्र प्रहरी परिचालन गर्ने र स्वास्थ्य चेकजा“चका लागि हेल्थ डेस्क स्थापन गर्ने निर्णय भएको बताए । हेल्थ डेस्कमा भारतबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए । भारतमा कोरोना संक्रमण बढिरहेको राज्यबाट आउँनेहरुलाई सिमानाकामा रोकेर आरडीटी परिक्षण गरिने छ । आरडीटीमा पोजेटिभ देखिएको व्यक्तिलाई तत्कालै आरटि–पिसिआर परिक्षण गर्दै अईसोलेट गरिने निर्णय भएको छ, तामाङले भने । बैठकले तत्कालका लागि गोपाल मण्डली र कलवार धर्मशालालाई क्वारेन्टिन र नारायणी अस्पतालमा अईसियुसहितको कोभिड विशेष कक्ष सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । उनले पोखरिया अस्पताल, बगही स्वास्थ्य केन्द्र र भिखमपुरको स्वास्थ्य केन्द्रमा पनि आवश्यकता परेको खण्डमा कोभिड अस्पताल सञ्चालन गरिने जानकारी दिए ।
तामाङले जिल्लाका सबै पालिकाहरुलाई पनि आ–आफ्नो क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा लाग्न आग्रह गरिएको बताए । त्यसैगरी बैठकले राती ९ बजेपछि बजार पूर्ण रुपले बन्द गर्नुपर्ने निर्णय गरको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here