चन्द्रपुर,१२ चैत । रौतहटको जनज्योती बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरको क्याम्पस प्रमुखमा राजन श्रेष्ठ नियुक्त हुनु भएको छ । निमित्त क्याम्पस प्रमुखको भुमिका निर्वाह गर्दै आउनु भएका श्रेष्ठ बुधबारबाट क्यम्पस प्रमुखमा नियुक्त हुनु भएको हो । बुधबार एक कार्यक्रमका बिच नव नियुक्त प्रमुखलाई चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल , क्याम्पस सञ्चालन समितिका अध्यक्ष एकराज थापा समितिका अन्य पदाधिकारीहरु र शिक्षकशिक्षिकाहरुको सहभागीतामा नियुक्त पत्र समेत हस्तान्तरण गरेका छन् । रौतहटको गौरबको रुपमा रहेको क्याम्पसले अबका दिनमा अझ स्तरिय शिक्षा प्रदान गर्न अमुल्य भुमिका निर्वाह हुनेमा चन्द्रनिगाहपुरवासी विश्वस्त रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here