चन्द्रपुर,१३ चैत । पछिल्लो समय चन्द्रनिगाहपुरमा यौन ब्यापार मौलाएको छ । चन्द्रनिगाहपुरको बिभिन्न होटेलमा यौन ब्यापार मौलाएको पाईएको छ ।
फाटफुटमा ग्राहक खोज्दै घुम्ने यौन कर्मीले समेत अब होटेलमा सिफ्ट भएका छन् । पछिल्लो समय चन्द्रनिगाहपुरको बस पार्कको होटेलहरुमा समेत यौन जन्य कारोबार मौलाएको देखिन्छ । सडक तथा रोडमा ग्राहक खोन्दै घुम्ने यौन ब्यवसायिकहरु यतिबेता चन्द्रनिगाहपुर बस पार्कमा रहेको ताज होटेलमा अखडानै बनार बसेको पाईन्छ । उनिहरुले सो होटेलमा खाना तथा खाजा खान आउने ग्राहकलाई आफ्नो जालमा पारी यौन धन्दा गर्ने गरेको समाचार स्रोतले बताएका छन् । सो होटेल एक नमुना मात्रै हुन् । हेर्ने हो भने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मौनताका कारण दर्जनौ होटेलमा यौन ब्यापार मौलाएको छ । चन्द्रनिगाहपुरको प्रहरी प्रशासनको मौनताका कारण पछिल्लो समय रौतहटमा यौन धन्दा बढेको जानकारहरुको भनाई रहेको छ ।
प्रहरी प्रशासनले यस्ता कारोबारमा लागेका होटेल तथा लज लाई छापामार गरी कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानियको भनाइ छ । बढदै गएको यौन धन्दाका कारण चन्द्रनिगाहपुरको नाम बदनाम हुन थालेको छ ।