चन्द्रपुर,१३ चैत । रौतहटको वनमा केही दिन यता व्यापक रुपमा डढेलो लागेको छ । बागमती चन्द्रनिगाहपुर सडक खण्डको वनमा डढेलो लागेको हो । डढेलो नियन्त्रणका लाडि डिभिजन वन कार्यलयमा रकम आउने गरेको भएपनि त्यो रकम सदुपयोग नहुदा वनमा डढेलो लागेको स्थानीयको भनाइ रहेको छ । वनमा डढेलो लागेका कारण वन्यजन्तुको बासस्थान नास भएको छ । चन्द्रनिगाहपुर बागमती सडक खण्डको दुबै तिर लागेको डढेलोका कारण सो स्थानमा रहेका सयौं बादरको राजमार्गमा बा“स हुन थालेको छ । वनमा केहिदिन देखि लागेको डढेलोका कारण सो वन क्षेत्रमा रहेका अन्य वन्यजन्तु बँदेल,हरिण,मृग ज्यान बचाउन गाउ पस्न थालेका छन । वनमा डढेलो लागेर गाउ“ पसेका वन्यजन्तुको स्थानीयले सिकार समेत गर्न थालेका छन् । वनमा डढेलो लागे संगै गाउघरमा यतिबेला दैनिक वन्यजन्तुको सिकारले तिब्रता पाएको स्थानीयले बताएका छन ।